ताेलामै २ हजारले घट्याे सुनकाे भाउ

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य दुई हजार रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा चार हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ।