किन रोज्छन् ‘भीआइपी’ अभियुक्तले डिल्लीबजार कारागार,कति पुगे ‘भीआइपी’ ?

फाइलफोटो

काठमाडौं, १९ कात्तिक । ‘भिआइपी अभियुक्त’हरूको रोजाईमा डिल्लीबजार कारागार नै पर्ने गरेको छ ।

महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएसँगै डिल्लीबजार कारागारमा भीआइपी अभियुक्तको संख्या थपिएको छ ।

जबरजस्ती करणी उद्योगमा पुर्पक्षका लागि जेल चलान भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारको क ब्लकमा राखिएको छ । डिल्लीबजार कारागारमा दुईवटा ब्लक छन् ।

विभिन्न अभियोगमा थुनामा पर्ने व्यक्तिहरुलाई थुनामा राख्दै आएको डिल्लीबजार कारागारमा नेपालको इतिहासमै पहिलोपटक राज्यको पाँचौँ ठूलो पदमा रहेका व्यक्ति जेलमा पुगेका छन्।

भेटघाट गर्नको लागि सजिलो हुने भएको हुनाले डिल्लीबजार कारागार रोजाईमा पर्ने गरेको छ ।

भीआइपी अभियुक्तको संख्या चार पुग्यो

महरालाई पुर्‍याउनुअघि डिल्लीबजारमा कैलालीबाट सांसद पदमा निर्वाचित रेशम चौधरी, पूर्वप्रहरी महानिरीक्षक रमेशजंग ठकुरी र पूर्व डिआइजी रञ्जन कोइराला रहेका थिए।

महरालाई गएसँगै भिआइपी कैदीको संख्या चार पुगेको छ। क ब्लकमा रहेका पूर्वआइजिपी रमेशचन्द ठकुरी र पूर्वडिआइजी रञ्जन कोइराला महराका ‘रुममेट’ बनेका छन् ।

ठकुरी र कोइराला बस्दै आएको कोठामा महरालाई राखिएको छ । ठकुरी सुडान शान्ति मिसनका लागि खरिद गरिएको सामान खरिदमा अनियमितता गरेको आरोपमा जेल परेका हुन् ।

पूर्व डिआइजी कोइराला श्रीमतीलाई जलाएर हत्या गरेको अभियोगमा जेल जीवन बिताइ रहेका छन्। श्रीमती गीतालाई २०६८ पुस २७ गते काठमाडौँको पासीकोटमा हत्या गरी मकवानपुरको पालुङ नजिकको मेत्राङमा लगेर शव जलाएका थिए।

शव जलाएको प्रमाण नष्ट गरेर फर्कदै गर्दा कोइराला माघ ८ गते नागढुङ्गा चेकपोष्टबाट पक्राउ परेका थिए। वैसाख ७ गते विशेष अदालतले उनलाई जन्म कैदको फैसला गरेको थियो।

कैलाली–२ निर्वाचित रेशम चौधरी संविधान जारी हुने बेला २०७२ भदौ ७ गते टिकापुरमा एसएसपी, नाबालकसहित आठजनाको निर्ममता पूर्वक हत्या गरेको अभियोगमा दोषी ठहर भइ जेल जीवन बिताइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here