जेनजि पुस्तालाई रविले भने ‘तपाईंहरूले चनुाव सुनाव कुर्नुभएन,बजाइदिनुभयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई विष भएका सर्पहरूले डसेको कारण शरिरमा बीस लिएर बाँचेकाे बताएका छन्। चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो टिप्पणी गरेका हुन् ।

भैरहवा कारगारबाट रिहा भएका लामिछाने लगत्तै भएको पहिलो सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्ताे बताएका हुन् ।

लामिछानेले भने,‘मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा भएन तर यिनले मेरो शरीरमा दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु । मेरो शरीरमाथि बसेको विष अझै पनि बाँकी छ’ उनले थपे जेनजी भाइबहिनीहरूको रगतको थोपा खेर जान दिन्नँ ।’

लामिछानेले पुराना नेताहरुले अन्याय गरेर आफुलाई थुनेकाे भन्दा बढि सिंगो देशलाई दुख दिएकाे भन्दै सिंगो देश र पुस्तालाई दिएको दुखको हिसाब मिलाउने बताए ।

उनले जेनजीहरूले गरेको आन्दोलनको प्रशंसा गर्दै भने जेनजी पुस्ताका दाजुभाइ दिदीबहिनीहरूलाई सलाम भन्न चाहन्छु, हामीले त चुनाव कुरेका थियौं, तपाईंहरूले चनुाव सुनाव कुर्नुभएन । बजाइदिनुभयो,’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here