६ पुस, काठमाडौं । ललितपुरमा हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुलको रहेको हाे।
हायुल ललितपुरमा तरकारी फार्म हाउस चलाउँदै आएका थिए । पछिल्लो समय उनी बुल्गेरिया जाने तयारीमा रहेका हायुले रोल्पाका दीपक थापा मगरलाई उक्त फार्म बेचेको समेत खुलेको छ ।
सोही क्रममा हायु २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा बोरा तैरिएको अवस्थामा अवस्थामा शव भेटिएका थिए ।
२४ मंसिरदेखि हराएको भन्दै परिवारले प्रहरीमा जानकारी गराएका थिए ।
हत्या आरोपमा एक जनालाई पक्राउ गरिएको छ। शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

























