प्रधानमन्त्रीले भनिन’सरकार जेनजीको रगतमा यश र आराम गर्न आएको हाेइन’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सरकारलाई अचानो बनाइएको बताएकी छन्। आज निर्वाचन आयोग, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र जेनजी प्रतिनिधि सँगको छलफलमा कार्कीले आफूहरूमाथि आक्षेप लगाइएको तर खेप्न तयार रहेको बताएकी हुन्।

उनले भनिन् ‘हामी अचानो होइनौं। २३ र २४ को आगेव झेलिराखेका छौं,’ त्यति मात्रै हाेइन जेनजि र दलबाट आलोचनाको पात्र भयौं।’

उनले थपिन ‘तर मुलुकका लागि आक्षेप खेप्न तयार छौ। कार्कीले सरकार जेनजीको रगतमा यश र आराम गर्न नआएको समेत बताइन्।

उनले भनिन् सबै राजनीतिक पार्टीले शान्ति चाहने हो भने यहाँ कुनै माइकालाल छैन आतंककारी र क्रिमिनलले हमला गर्न सकोस्,’ एक सय १४ दल युनाइटेड हुनुहोस् त। शान्ति हुन्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here