तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स लगाएर क्यासिनो खेल्ने ७ जना पक्राउ

९ पुस, काठमाडौं । तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स लगाएर क्यासिनो खेल्ने/खेलाउने ७ जना काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् ।

भारतबाट आएको गिरोहले क्यासिनो इभेन्ट गर्ने भन्दै स्क्याम गरेर ठगी गर्ने जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here