बजाजको उल्टो अफर, मोटरसाइकल किन्नु अघि नै छुट

काठमाडौं, ३ चैत । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ को अवसर पारेर ‘बजाज उल्टो अफर’ सार्वजनिक गरेको छ ।

कम्पनीले ‘किने पछि जित्ने होइन जिते पछि किन्ने’ नारा सहित नयाँ वर्षको योजना शुरु गरेको हो ।

यस पटक बजाजले ग्राहकहरुका लागि नयाँ वर्षको अवसरमा परम्परागत प्रवृत्ति भन्दा केही भिन्न प्रकारको अफर ल्याएको छ । पहिले, ग्राहकहरुले केही सामान खरिद पश्चिात मात्र नगद वा छुट पाउने गरेका थिए । तर, यस योजनाअन्तर्गत ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि नै स्क्रयाच कार्ड प्रदान गरिनेछ जसमार्फत उनीहरुले स्योर सट डिस्काउण्ट थाहा पाउन सक्नेछन् ।

साथै, उनीहरुले बजाजको जुनसुकै मोटरसाइकलको खरिद पश्चिात फेरि छुट पाउने छन् । उल्टो अफर योजनाअन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै १ लाख रुपैयाँ सम्मको नगद जित्न सक्छन् यसबाहेक खरीद गरेपछि पनि १ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।

ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल किन्दा यो योजनामा सहभागी हुन पाउने कम्पनीको भनाइ छ ।

कम्पनी का प्रबन्ध निर्देशक शेखर गोल्छाका अनुसार ग्राहकहरुलाई दोब्बर खुशी प्रदान गर्ने उद्देश्यले नयाँ उल्टो अफर ल्याएको हो । यस्तो प्रकारको योजना पहिलो पटक ल्याइएको पनि उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here