रौतहटको मदिरा उद्योगमा विष्फोट: एकको मृत्यु, ६ जना घाइते

काठमाडौं । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिष्फोटमा ६ जना घाइते भएका छन् ।

कटहरीया नगरपालिका(९ मा रहेको ज्योती डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विष्फोट भएको हो ।

विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली र प्रेमजित राय, र जगदिश राय घाइते भएका छन्। घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज लगिएको छ । घटनाबारे थप अनुशन्धान जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here