काठमाडौं । सुनचाँदीको भाउले आज फेरि कीर्तिमान कायम गरेको छ । आइतबार सुनको भाउ एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार पनि सुनको भाउले कीर्तिमान बनाउँदै तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा २ सय ७० रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको भाउले पनि कीर्तिमान बनाउँदै तोलाको ४ हजार ५ सय ६५ रुपैयाँ कायम थियो ।






















