चाँदीको भाउमा नयाँ किर्तिमानि, सुन केहि घट्याे

काठमाडौं । केही दिनदेखि लगातार कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज केही घटेको छ । आइतबारको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँमा कारोवार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो । हिजोको सुनको भाउ अहिलेसम्मकै उच्च हो ।

चाँदीको भाउ भने हिजोको तुलनामा तोलामा ६० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने अहिलेसम्मकै उच्च भएको छ । आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँमा कारोवार भइरहेकोछ। आइतबार चाँदीको भाउ तोालको ४ हजार ८ सय ३५ रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here