नेपाल इन्भेष्टमेण्ट बैंकको युनियनपे कार्ड सेवा सुरु

काठमाडौं,१९ कात्तिक । नेनेपाल इन्भेस्टमेन्ट बैंक(एनआईबीएल) र चीनको युनियनपेबीच नेपाली बजारमा एनआईबीएल युनियनपे कार्ड तथा प्रोडक्ट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतामा एनआईबीएलका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र युनियनपे अन्तरराष्ट्रिय कम्पनीका अध्यक्ष चायजियाङ्बोले हस्ताक्षर गरे ।

नेपाल इन्भेष्टमण्ट बैंकले आफ्ना चाईना भ्रमणमा जाने ग्राहकहरू र चाईनाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरी नेपाल इन्भेष्टमेण्ट बैंकले अहिले युनियनपे डेविट,क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदैछ भने क्युआर कोड मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको जानकारी गराएको छ ।

नेपाल इन्भेष्टमेण्ट युनियनपे कार्डमार्फत सजिलै एटिएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेष्टुरेण्टको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here