९ वटा दलले मात्रै बुझाए समानुपातिकतर्फको बन्दसूची

काठमाडौं । निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिनसम्म ९ दलले मात्रै समानुपातिकतर्फको बन्दसूची बुझाएको हो ।

केही दलले भने निस्सा लिइसकेको तर बन्दसूची भने बुझाउन बाँकी राखेका छन् ।

यी हुन् आयोगमा बन्दसूची बुझाउने दल

नेपाल मजदूर किसानपार्टी- ११० उम्मेदवार
नेपाल लोकतान्त्रिक पार्टी- १२ जना
राष्ट्रिय जनमोर्चा- ११० जना
जनप्रिय लोकतान्त्रिक पार्टी- १२
नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल)- २०
गतिशील लोकतान्त्रिक पार्टी- ११
जनता समाजवादी पार्टी, नेपाल- १०१
समावेशी समाजवादी पार्टी- ३१
समावेशी समाजवादी पार्टी, नेपाल- १२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here