काठमाडौं । शीतलहरले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ ।
दाउन्नेमा शितलहरले बाटो भिज्दा गाडी चिप्लिएर गुड्न नसकेपछि १५ घण्टादेखि गाडी चल्न नसकेको हाे।
दाउन्ने खण्डको उकालो र ओरालोमा गाडी गुड्न नसकेपछि बर्दघाट र दुम्किबासतर्फ गाडीको ठूलो लाम लागेको हाे। शीतलहर कम भएपछि सडक खुल्ने प्रहरीले जनाएको छ ।





















