सुनचाँदीकाे भाउमा भारि गिरावट

१५ पुस, काठमाडौं । पछिल्लाे समय दिनहुँ नयाँ रेकर्ड बनाइरहेकाे सुनचाँदीको भाउ मंगलबार ह्वात्तै घटेको छ । मंगलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६२ हजार १ सय रुपैयाँ कायम हाे।

त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला ३ सय ५ रुपैयाँ घटेको छ । भाउ घटेसँगै चाँदी ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ ।

आइतबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here