खेलकुदमा भाग लिनेको लागि कफी सेवन फाइदाजनक, यसो भन्छ अध्ययन

काठमाडौं । कफी सेवनले मानव स्वास्थ्यमा उर्जा पैदा गर्नुको साथै खेलकुदमा भाग लिने पुरुष तथा महिला दुवैलाई फाइदा हुने एक अध्ययनले देखाएको छ ।
जर्नर न्यूट्रिएन्ड्स मा प्रकाशित अध्ययनको लागि कोवेन्ट्री विश्वविद्यालयका सोधकर्ताहरुले ३८ जना विद्यार्थी (१८ जना पुरुष, १८ जना महिला) लाई कफी खुवाएर गराईएको साइकल रेसमा उनीहरुको गतिमा सुधार आएको थियो ।

अध्ययनको लागि ५ किलोमिटरसम्म गरिएको साईकल रेसमा पुरुष महिलामा क्रमशः ९० सेकेण्ड र ५ सेकेण्डको फरक पाईएको थियो ।

अध्ययनमा कफी खाएसंगै गरिएको रेसमा पुरुष महिलामा समान प्रतिक्रीया पाईएको थियो । यसकारण कफीले मानव शरिरमा उर्जा पैदा गर्ने निष्कर्ष अध्ययनको छ । (एजेन्सी)

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here