दाउन्ने खण्डमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

file

काठमाडौं । नारायणघाट-बुटवल सडकको दाउन्ने खण्डमा अत्यावश्यकबाहेक यात्रा नगर्न सडक आयोजनाले आग्रह गरेको छ । ३ दिनयता दाउन्ने खण्डमा लगातार भारी शितलहर हुँदा सडक चिप्लो भएको भन्दै सवारीमा यात्रा नगर्न भनेको हो ।

नारायणघाट बुटवल सडक योजनाले जारी गरेको सूचनामा भनिएकाे छ। ‘दाउन्ने खण्डमा निर्माणको काम भइरहेको हुँदा केही स्थानहरूमा एकतर्फी सवारी आवतजावत भइरहेको अवस्थामा विगत ३ दिनदेखि परेको भारी शितलहरका कारण दाउन्ने खण्डको सडक अत्यन्त चिप्लो भई साना तथा ठूला सवारी साधनहरू चिप्लिने, अड्किने तथा बिग्रने कारणहरूले सवारी आवागमनमा अबराेध हुँदा यात्रा गर्न कठिन भएको जानकारी गराइन्छ,’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here