नेप्से स्थिर, कारोबारमा सुधार

काठमाडौं, १९ कात्तिक । सोमवार केही सुधारमा देखिएको शेयर बजार मंगलवार भने ओरालो लागेको छ ।

मंगलवार नेप्से परिसूचक ०.८१ अंकले घटेर १ हजार १ सय ३९.४५ अंकमा झरेको छ । यसलाई विज्ञहरुले स्थिर भनेका छन् ।

मंगलवार ‘क’ वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स ०.३९ अंकले घटेर २ सय ५०.१२ अंकमा झरेको छ ।

मंगलवार बैकिङ्ग, लघुवित्त, सामुहिक लगानी कोष र उत्पादन क्षेत्र बाहेक अन्य सबै समहुको सूचक घट्यो भने टे«डिङ समुहको भने स्थिर रह्यो ।

मंगलवार सबैभन्दा धेरै सूचक बढ्नेमा समुहिक लगानी कोष रहेको छ । सामुहिक लगानी कोषको सूचक १.८८ प्रतिशत बढ्यो । त्यस्तै, उत्पादन समुहको ०.६९ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै घट्नेमा निर्जीवन विमा कम्पनी रहेको छ । निर्जीवन विमाको सूचक ०.६८ प्रतिशत घट्यो । त्यस्तै, फाइनान्स समुहको सूचक ०.६३ प्रतिशत घट्यो भने अन्य समुह सामान्य अंकले घट्यो ।

मंगलवार नेप्से केही अंकले घटेपनि कारोबारमा भने राम्रै सुधार आएको छ । सोमवार १९ करोड १८ लाख रुपैयाँको मात्रै कारोबार भएकोमा मंगलवार १ सय ६२ कम्पनीको १० लाख ५८ हजार ८ सय ९६ कित्ता शेयर किनबेच हुँदा २८ करोड ४४ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै ग्लोबल आईएमई समुन्नतका शेयर धनीले कमाए । ग्लोबल आईएमई समुन्नतको शेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै, सिभील लघुवित्त वित्तीय संस्थाको ५.६२ प्रतिशत, नयाँ नेपाल लघुवित्त विकास बैंकको ५.०७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा साइनर्जी पावर डेभलभमेन्टका शेयर धनी छन् । साइनर्जीको शेयर मूल्य १० अंकले घट्यो । त्यस्तै, दिव्यश्वरी हाइड्रोपावरको ५.७६ प्रतिशत, रिलायन्स फाइनान्सको ५.०४ प्रतिशत घट्यो भने अन्य समुहको सामान्यय अंकले घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार प्रभु बैंकले गरेको छ । बैंकले ३ करोड ९४ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here