काठमाडौं । काठमाडौं उपत्यकामा तापक्रम घटेसँगै जाडाे बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ ।
आज काठमाडौं उपत्यकाको तापक्रम ३ ३.७ डिग्रसी सेल्सियस मापन भएको छ । यता ललितपुरको सानेपा क्षेत्रमा ३.३ झरेको छ ।
अहिले देशैभर जाडो बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहि दिन अघि जाडो बढ्न लागेको भन्दै अनावश्यक काममा बाहिर ननिस्किन आग्रह गरिसकेको छ । जाडोको समयमा विशेषगरी बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अरुको तुलनामा बढी समस्या हुनसक्ने भएकोले बाहिर ननिस्कन भनेकाे हाे।






















