नेपाल आइपुग्यो विश्वकप २०२६ काे ट्रफी

काठमाडौं । आइसिसी पुरुष टी-२० विश्वकप २०२६ ट्रफी टुर नेपालमा सुरु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले ट्रफी सार्वजनिक गरेका थिए। त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले संयुक्तरुपमा ट्रफी प्रदर्शनी गरेका थिए।

राष्ट्रपति पौडेलले टी- २० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताए । साथै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा समेत व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here