काठमाडौं । आज पनि राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’मार्फत उक्त रकम झिक्न लागेको हो ।
१० वर्षपछि राष्ट्र बैंकले गत साता सोमबार पहिलो पटक ऋणपत्र जारी गरेको थियो । त्यसयता दुईपटक र आज गरी चार पटक उत्तः ऋणपत्रमार्फत बजारबाट २५/२५ अर्ब रुपैयाँ झिकेको छ ।
यसको परिपक्व अवधि एक वर्ष रहेको छ ।
‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘’ नाम दिइएको उक्त ऋणपत्रमा पुस २२ (आज) २०८२ मध्याह्न २ बजे बोलकबोल हुने सूचनामा उल्लेख छ ।
लगानीकर्ताले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सकिनेछ । यो ऋणपत्र धितो राखेर बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न ऋण निकाल्न सकिन्छ । ऋणपत्रमा राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी)ले मात्र खरिद गर्न पाउँछन् ।
उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने ६/६ महिनामा ब्याज भुक्तानी हुनेछ । एक वर्षपछि २२ पुस २०८३ मा ऋणपत्रको साँवा भुक्तानी हुनेछ





















