प्रधानमन्त्रीले भनिन् :’राजनीतिमा लाग्नेले तत्काल मन्त्री छोड्नुहोस्’

२२ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा लाग्ने मन्त्रीलाई बाटो क्लियर गर्न निर्देशन दिएकी छन् ।

चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू राजनीतिक क्रियाकलापमा लागेको र उनीहरू दलमा नै आबद्ध भएकाले तत्काल पद छोड्न भनेकी हुन् ।

प्रधानमन्त्री कार्कीले सोमबारको बैठकमा भनिन् ‘यस अवधिसम्म तपाईंहरूले सरकारमा बसेर राम्रो योगदान गर्नुभयो । तर अब हामी अर्को चरणमा प्रवेश गर्दैछौं । यस्तो अवस्थामा केही साथीहरू राजनीतिमा जान चाहेको, चुनाव लड्न चाहेको प्रस्ट देखिएकोले उहाँहरूले राजनीतिमा जाने हो भने तत्काल मार्गप्रशस्त गर्दा राम्रो हुन्छ’।

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम चुनावी सरकारमा कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय सम्हालिरहेका छन् ।

सरकारमा सहभागी भएपछि कुलमान घिसिङको संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गरिएको थियो । ।