राष्ट्रिय सभाको निर्वाचनका लागि ४४ जनाकाे उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सांसदको पद रिक्त हुनेभएकोमा ४४ जनाले उम्मेदवारी दिएकाे हाे ।

५९ सदस्यीय सभामा आउँदो फागुन २० गते १९ जनाको पद रिक्त हुँदैछ। जसमध्ये १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने बाँकी १८ पदका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो।

नेपाली कांग्रेसले ९, नेकपा एमालेले ८ र लोकतान्त्रिक समाजवादी पार्टीले १ सिटमा उम्मेदवारी दिएका छन्।

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकल उम्मेदवारी दिएको छ। त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा जनता समाजवादी पार्टीले मधेस प्रदेशमा, नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेशमा, राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here