आँखामा आइलेन्स लगाएर जुवा खेलाउने चार जना कारागार चलान

फाइलफोटो

काठमाडौं । आँखामा आइलेन्स लगाएर जुवा खेल्ने र खेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा यसरी जुवा खेलाउने चार जनालाई ठगीको कसुरमा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । भारतका ५७ वर्षीय सुरेश महाजन, भारतकै ३९ वर्षीय प्रमोद मौर्य, भारतकै ३२ वर्षीय विक्रम सिंह र भारतमै ३७ वर्षीय दिनेश बर्मा कारागार चलान भएका हुन् ।

सुनसरीको ३५ वर्षीया चिजा खड्का र काठमाडौंकी ४० वर्षीया भवानी पाण्डे अदालतको आदेश अनुसार जनही एकरएक लाख धरौटी तिरेर छुटेका छन् । त्यसैगरी चिनियाँ नागरिक वाङ, पुफा यान होउ ५ लाख धरौटी तिरेर रिहा भएका छन् । यो प्रकरणमा संलग्न रहेको आरोपमा क्यासिनो सञ्चालक, विनोद भनिने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भनिने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा ९मुकेश० नाम गरेका व्यक्ति भने फरार छन् ।

म्याग्नेटिक जडान भएको तास र आँखामा त्यसलाई कनेक्ट गर्ने लेन्स राखेर क्यासिनो खेल्दै करोडौं ठग्न खोज्ने भारतीय महाजन समूहले ठूलो रकम ठग्ने योजना बनाएर खेलाउन खोजेको थियो । महाजन समूहले नेपालमा क्यासिनो इभेन्ट गर्ने भन्दै क्यासिनो बुक गर्ने र खेल्ने व्यक्तिका लागि भन्दै पाँचतारे होटलमा ११० वटा कोठासमेत बुक गरेर ठग्ने योजना बनाएको थियो ।

क्यासिनो र बुक गरेर आफैंले इभेन्ट आयोजना गर्ने भन्दै महाजनले जुवा खेलाउने गरेका थिए । त्यसका लागि उनले तासमा म्याग्नेट तथा चिपहरू जडान गर्ने अनि ती चिपसँग कनेक्ट गर्न अर्को आई लेन्सको पनि व्यवस्था गरेका थिए । आँखामा आई लेन्स लगाएपछि पछाडितर्फबाटै कसलाई के तास पर्‍यो भन्ने जानकारी हुने र त्यहाँ आफूले नै खडा गरेका डमी खेलाडीले पछाडिबाटै तास चिनेपछि सोहीअनुसार खेल खेल्ने गरेको प्रहरीले बताएको थियो ।

यसका लागि उनले भारतबाटै क्यासिनो खेल्ने पेसेवर व्यक्ति तथा मोटा रकम भएका व्यक्ति खोज्ने र भारतबाटै आफूले डमी खेलाडीका रूपमा व्यक्ति तयार गरेर ल्याएर खेलाउँथे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here