काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ तपाहा लाइनस्थित सडकमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
बिहीबार दिउँसो लु.६१ प ५८७८ नम्बरको मोटरसाइकल र लु.६८ प ५२३६ नम्बरको मोटरसाइकल ठोक्किएर लु.६८ प ५२३६ नम्बरको मोटरसाइकल चालक सैनामैना नगरपालिका-१ सादभोद्र बस्ने २८ वर्षीय जीवन चौधरीको मृत्यु भएको हाे ।
दुर्घटनामा घाइते भएका उनको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका लु.६१ प ५८७८ नम्बरको मोटरसाइकलमा सवार २ जना र लु.६८ प ५२३६ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।























