गृहमन्त्री अर्यालले भने ‘सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन’

२५ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारका मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट नभएको बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले यस्ताे बताएका हुन्।

कार्यक्रमको उद्‍घाटन समारोहमा गृहमन्त्री अर्यालले वर्तमान सरकारको म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र सुशासन कायम गर्नु रहेको बताए ।

साथै सरकार निर्वाचनमा होमिसकेकाे भन्दै ताेकिएकाे मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबैपक्षलाई आग्रह गरे । उनले जेनजी जनआन्दोलन सुशासन कायमको लागि भएको बताउँदै सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताए ।

सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन पनि सम्बन्धित सबैपक्षलाई आग्रह गरे ।

कार्यक्रममा बागमती प्रदेशका मुख्‍यमन्त्री बाँनियाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउनपर्ने बताए ।

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनिया, प्रदेशका आन्तरिक मामिला मन्त्री लगायतको उपस्थिति रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here