काठमाडौं । जाजरकोटमा जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। छेडागाड नगरापलिका–९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको हाे।
दुर्घटनामा छेडागाड–९ का चालक २४ वर्षीय कृष्ण अधिकारी, छेडगाड–८ की २० वर्षीया लक्ष्मी खत्री, छेडागाड–९ का ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका–६ की २३ वर्षीया सितला रावत घाइते छन्।
घाइते चारै जनाको अवस्था मध्यम रहेको उपचारको लागि नगर अस्पताल बडाबनतर्फ पठाइएको छ।
आज बिहान ११ बजेतिर छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा छेडागाड–९ पजारुबाट थलहतर्फ जाँदै गरेको क.प्र. ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो।

























