सुनकाे भाउ २ लाख ७० हजारमाथि

काठमाडौं । आइतबार सुनको भाउ फेरि २ लाख ७० हजार नाघेको छ । यो अघिल्लो दिनको तुलनामा आज प्रतितोला २ हजार ८ सय रुपैयाँले बढी हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ तय गरेको छ। यो हालसम्मको उच्च मूल्य हो । यसअघि पुस १३ गते पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चाँदी आज तोलामा २१० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७८० रुपैयाँमा चाँदी कारोबार भएकोमा आज ४ हजार ९९० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here