काठमाडौं । मंगलबार सुन र चाँदीको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तय गरेको छ ।
जुन अघिल्लो दिनको तुलनामा १८०० रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी १४५ रुपैयाँ महँगिएको हो । हिजो प्रतितोला ५ हजार १९५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।





















