सामान्य बढ्याे नेप्से, करिव ७ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार ४.९० अंकले बढेकाे छ। सेयर बजार आज २६३९.९१ पुगेको हाे ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेकाे छ । मंगलबार ६ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । सोमबार नेप्सेमा ६ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

नेप्सेमा कारोबार भएका समुहमध्ये विकास बैंक ०.४१, जलविद्युत् ३४.२४, लगानी ०.०४, सामूहिक लगानी कोष ०.०८, निर्जीवन बीमा १०.७७, अन्य १८.३५ र व्यापार समूह ३६.३६ अंकले बढेका छन् ।

यता बैंकिङ १.९४, वित्त ७.०५, होटल ३४.१०, जीवन बीमा २२.१, उत्पादनमूलक २१.२१ र लघुवित्त समुह ९.९२ प्रतिशतले घटेका छन् ।

मंगलबार ३ सय ४९ कम्पनीको ७७ हजार १ करोड ३६ लाख २४ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here