काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको जानकारी दिएको छ ।
निर्वाचन समितिका अनुसार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ ।
समितिले मतदानसहितको परिमार्जित कार्यतालिका सार्वजनिक गरेपछि भोलि बिहानबाट मतदान गरिने छ।
९ घण्टादेखि विशेष महाधिवेशनको बन्दसत्र चलिरहेकाे छ। बन्दसत्रमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा छन्।
आज दुई महामन्त्रीले सम्बोधन गरेपछि बन्दसत्र सकिनेछ ।
























