सामान्य बढ्यो सेयर बजार,घट्यो कारोबार

काठमाडौं । बुधबार सेयर बजार १ दशमलव ५२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६४१ अंकमा कायम भएको छ। आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ६ अर्ब २० करोडको भएको हो ।

१२५ कम्पनीको मूल्य बढ्दा १२४ को घटेको छ। ११ कम्पनीको भने स्थिर रहेको छ। आज फाइनान्स समूह सबैभन्दा धेरै २ दशमलव ५५ प्रतिशत बढेको छ ।

त्यस्तै विकास बैंक ० दशमलव ०१, होटल तथा पर्यटन ० दशमलव ३१, हाइड्रोपावर ० दशमलव ०७, लगानी ० दशमलव ११, निर्जीवन बीमा ० दमलव ३८, व्यापार ० दशमलव ६७ प्रतिशत बढे । बैंकिङ० दशमलव ०८, जीवन बीमा ० दशमलव ०१, उत्पादन तथा प्रशोधन ० दशमलव ४१ तथा माइक्रोफाइनान्स ० दशमलव ०५ तथा अन्य ० दशमलव १३ प्रतिशत घटेको छ ।

बुधबार सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ दशमलव ९४ प्रतिशत बढेको छ। थ्रीस्टार हाइड्रोपावरको ८ दशमलव २३, एनएमबी माइक्रोफाइनान्सको ७ दशमलव ३४, गुडविल फाइनान्सको ५ दशमलव ७३, मल्टिपर्पस फाइनान्सको ४ दशमलव ८१, मञ्जुश्री फाइनान्सको ४ दशमलव १७ प्रतिशत मूल्य बढेको छ ।

मकर जितुमाया सुरीको मूल्य २ दशमलव ५ प्रतिशत घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, युनियन हाइड्रोपावर, एसवाई प्यानल, मञ्जुश्री फाइनान्स तथा दोर्दीखोला जलविद्युत् रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here