काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति चयन गरेको छ ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टीको विधान अनुसार बोलाएको महाधिवेशनले थापालाई सभापति चयन गरेको हो । गगन थापा-विश्वप्रकाश शर्मा समूहको अगुवाइमा भएको महाधिवेशनले थापालाई सभापति चयन गर्नु अगावै बुधबार दिउँसो शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री समेत रहेका गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको थियो ।
तर यो कारबाहीलाई विशेष महाधिवेशनको हलले खारेज गरेको छ ।
गगन थापा र विश्व प्रकाश लगायतका नेताहरूले देउवासँग महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका थिए । तर चुनाव अघि महाधिवेशन गर्न असम्भव हुने भन्दै देउवा समूह तयार नभएपछि देउवा समूहसँगको विद्रोहबाट आएका भएकाले विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापति चयन गरेको हो ।


























