झापामा सवारी दुर्घटना हुँदा आमा–छोराको मृत्यु

काठमाडौं । पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–३ नयाँ बस्ती खण्डमा सवारी दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भद्रपुर नगरपालिकाका डेढ वर्षीय बालक आरुति राजवंशी र आमा ४० वर्षीया सुस्मा राजवंशीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान करिब ९:३० बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस एक–आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

पिकअपमा सवार अन्य ११ जना घाइते भएका छन् । जसमध्ये बी एण्ड सी अस्पतालमा उपचाररत ३ जनाको अवस्था सामान्य छ । बिर्तासिटी अस्पतालमा उपचाररत ८ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here