काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच एकता गर्ने सहमति भएको छ ।बिहीबार विप्लव र ढुंगानाबीच कार्यगत एकता गर्नेबारे ४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।
यस्तो छ ४ बुँदे सहमति
१.सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने।
२. जेन-जी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने।
३.आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन र स्थिर सरकार गठन गर्ने।
४.भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने ।
























