काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट आगामी प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन्। श्रेष्ठ २०७४ को चुनावमा गोरखा-२ मा तत्कालीन नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।
प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यक्रम छ।
























