मनाेनयन दर्ताले बढायाे सेयर लगानीकर्ताकाे उत्साह

६ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभरि उम्मेदवारी मनोनयन दर्ता भइरहदा सेयर बजारमा उत्साह छाएकाे छ।

आज ४२.२६ अंकले बढेर बजार २७१४.८१ बिन्दुमा उक्लिएको छ । जुन १.५८ प्रतिशतको वृद्धि हो । आज सबै उपसूचकमा हरियाली देखिएकाे छ ।

मंगलबार सबैभन्दा धेरै होटल र पर्यटन उपसूचक ३.३६ प्रतिशत बढेकाे छ। कुल ३ सय ३९ धितोपत्रको १ लाख १५ हजार १ सय ८१ कारोबारबाट २ करोड ५१ लाख ८५ हजार ६ सय ४७ कित्ता सेयर किनबेच भएको छ । आज कारोबार रकम ११ अर्ब ८५ करोड नाघेको छ ।

त्यस्तै आज सबैभन्दा धेरै गुर्खाज फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ । यसबाहेक आँखुखोला जलविद्युत् कम्पनी, राप्ती हाइड्रो, नेसनल हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट जस्ता धितोपत्रको मूल्य धेरैले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here