शुक्रवारदेखि देशभर वर्षासहित चिसो बढ्ने

काठमाडौं । शुक्रवारदेखि देशभर वर्षासहित चिसो बढ्न सक्ने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले सामाजिकका सञ्जालमा यस्ताे जानकारी दिएका छन्। उनका अनुसार पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना धेरै छ ।

मौसम पूर्वानुमान महाशाखाले निकालेकाे तीन दिनको मौसम पूर्वानुमानमा पनि शुक्रवार दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।

शुक्रवारदेखि केही दिन चिसो बढ्ने तर त्यसपछि घाम लागेर चिसाे कम हुँदै जाने बताइएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here