काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गरेकामध्ये पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित राजिव खत्री, जानुका पाठक, लालविक्रम थापा र रेशम चौधरीविरुद्ध उजुरी परेको हाे । हिजो १ सय ६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका कुल ३ हजार ४ सय ८६ उम्मेदवारमध्ये पाँच जनाविरुद्ध उजुरी दर्ता भएको आयोगले जानकारी दिएकाे छ ।
आयोगले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी सङ्कलन गरेको थियो । आयोगले भोलि बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । शुक्रवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ। त्यस्तै साेहि दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
























