कारोबारसँगै बढ्यो सेयर बजार

८ माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९.२३ अंक बढेको छ ।

आज नेप्से परिसूचक बढेर २७१४ अंक कायम भएको हाे । त्यस्तै आज कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७ करोडको भयो ।

बिहिकार १६२ कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने १० को स्थिर रहेकाे छ। बैंकिङ समूह ०.३१ तथा व्यापार १.१५ प्रतिशत घटेका छन्। फाइनान्स समूह सबैभन्दा धेरै २.३८ प्रतिशत बढ्यो ।

त्यस्तै विकास बैंक १.५१, होटल तथा पर्यटन १.२६, हाइड्रोपावर ०.८६, लगानी ०.०९, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.२३ तथा अन्य समूह ०.३६ प्रतिशत बढेका छन्।

आज चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक, त्रिशुली जलविद्युत् कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक छन् । एक्सल डेभलपमेन्ट बैंकको ९.८७, रावा इनर्जीको ९, झापा इनर्जीको ८.४७ तथा बन्दीपुर केबुलकारको ८.२९ प्रतिशत मूल्य बढ्यो ।

आज कालिका पावरको सबैभन्दा धेरै ६.२५ प्रतिशत मूल्य घटेकाे छ। त्यस्तै धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, बन्दीपुर केबुलकार र श्रीनगर एग्रिटेक छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here