काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो। प्रवक्ता देवराज चालिसेका अनुसार उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए ।
उनको प्रस्तावलाई बैठकले पारित गरेको चालिसेले जानकारी दिए । संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने सामर्थथ्य गगन थापासँग रहेकोले उनलाई चुनिएको बताइएको हो ।
























