बागी उम्मेदवार कुलप्रसाद केसी नेकपाबाट निस्कासित

काठमाडौं । दाङ–१ बाट प्रतिनिधिसभा सदस्यमा बागी उम्मेदवार उठेका कुलप्रसाद केसी नेपाली कम्युनिस्ट पार्टीबाट निस्कासित भएका छन् ।

केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न भनिएकोमा नमानेपछि पार्टीले निस्कासन गरिदिएको हो ।

दाङ १ मा नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरी रहेका छन् ।

पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका कार अनुशासनको कारवाही गर्दै पार्टीबाट निस्कासन गरिएको नेकपाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here