जिम्बाबेलाई हराउँदै नेपालकाे विश्वकप ग्लोबल छनोटमा पहिलो जित

काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो ।

जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गरेकाे हाे।

पूजाले ५० बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाइन् । कप्तान इन्दु बर्माले २२ रन बनाइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।पूजा महतोले अविजित अर्धशतक बनाएपछि नेपालकाे जित हासिल गरेकाे हाे।

नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्नेछ । उक्त खेल पनि जित्न‍ैपर्ने दबाब रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here