काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
मंगलबार मोटरसाइकल, स्कुटर र माइक्रो एक आपसमा ठोक्किएर एक जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ ।
























