रास्वपाले सोसल मिडिया स्टन्टबाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको प्रचण्डको आरोप

१३ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोसल मिडिया स्टन्टबाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेकाे आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा उनले यस्ताे बताएका हुन् । विचार र सिद्धान्तको खडेरी भएकाले निर्वाचनको बेलामा सोसल मिडियामा स्टन्टबाज गर्ने बाहेक अरु केही गर्न नसकेको उनकाे भनाइ थियाे।

उनले भने ‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन । सोसल मिडियामा स्टन्टबाज गरेको भरमा जनताको दिमाग चाट्ने काम भइराखेको छ । यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सकिन्छ,’ छ।

सबै वामपन्थी शक्तिहरू एकतावद्ध भएर अघि बढेमात्रै मुलुक र जनताको हित हुने प्रचण्डको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here