महाराष्ट्रका उपमुख्यमन्त्री पवारको विमान दुर्घटनामा मृत्यु

१४ माघ, काठमाडौं । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ । महाराष्ट्रको बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको हो ।

दुर्घटनाको समयमा विमानमा पाँच जना यात्री सवार थिए । नेशनलिस्ट कांग्रेस पार्टीका नेता अजित पवारसँगै विदिप जाधव, पिंकी माली, सुमित कपुर र शम्भवी पाठक पनि विमानमा सवार थिए ।

पवारका निकट सहयोगी किरण गुजरले उपमुख्यमन्त्रीसहित ६ जनाको शव अस्पतालमा ल्याइएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here