शौचालयको छतमा प्वाल बनाएर जेलबाट भागे दुई कैदी

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित एक जेलको छत प्वाल पारेर दुई बन्दी भागेका छन् ।

अमेरिकन प्रहरीले आइतवार उनीहरु शौचालयको छत प्वाल बनाएर जेलबाट भागेको फोटो सार्वजनिक गरेको छ ।

आइतवार सान फ्रान्सिस्कोदेखि दक्षिणमा पर्ने सेलिनास नगरस्थित कारागारको शौचालयको छतमा २२ इन्चको प्वाल पारेर २१ वर्षीय सान्तोस स्यामुएल फोन्सेका र २० वर्षीय जोनाथल सलाजर भागेका हुन्।

जेलमा रहेका अधिकारीहरुको अनुसार उनीहरु अरुले नदेख्ने गोप्य ठाउँको फाइदा उठाउदै भागेका हुन् ।

उनीहरुको हत्याको आरोपमा पक्राउ परेका थिए । उनीहरूमाथि हत्यासम्बन्धी छुट्टाछुट्टै मुद्दा चलाउने तयारी भइरहेको थियो।

अमेरिकी सञ्चार माध्यम लस एन्जलस टाइम्सका अनुसार दुवै जनाले आफूहरू निर्दोष भएको दाबी गर्दे आएका थिए । (बीबीसीबाट साभार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here