ह्वात्तै घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजको मुल्य

काठमाडौं । बिहीबार नयाँ रेकर्ड राखेको सुनचाँदीको भाउ शुक्रबार ह्वात्तै घटेको छ ।

हिजो बिहीबार २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको सुनको भाउ आज शुक्रबार २० हजार पाँच सय रुपैयाँले घटेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ तोलामा तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबारको तुलनामा चाँदीको भाउ आज तोलामा ४४० रुपैयाँ घटेर सात हजार ६५ रुपैयाँ कायम छ ।
बुधबार चाँदीको भाउ तोलामा सात हजार ५०५ रुपैयाँ कायम थियो ।