काठमाडौं । मदिरा सेवन गरी तीन महिने छोराको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुल्मीको इश्मा गाउँपालिका–२ छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमाल छन् । उनले मादक पदार्थ सेवन गरी आफ्नै तीन महिने छोराको हत्या गरेको आरोप छ ।
प्रहरीले उनीमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ ।
























