काठमाडौं । श्रीमती हत्या गरेर श्रीमान् प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् ।
ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले हत्या गरेर टिकाभैरव प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेका हुन्।
मदिरा सेवन गरेर चिर्पटले हानेर श्रीमती २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेको प्रहरीले बताएको छ । हत्या गरेर खाटमा सुताएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।























