तोलामा १८ हजार ८ सय रुपैयाँले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेवार

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो । यससँगै आज सुनको भाउ प्रतितोला ३ लाख रुपैयाँ कायम छ ।

शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ पनि तोलामा १५ सय ६५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको भाउ तोलामा ७ हजार ६५ रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here